logo-img

रेशम चौधरीको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले प्रतिनिधि सभा उम्मेदवारका लागि गरेको मनोनयन खारेज भएको छ । 

२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उनले बर्दिया–२ बाट उम्मेदवारी मनोनयन गराएका थिए । २०७४ सालको निर्वाचनमा उनी कैलाली १ बाट निर्वाचित भएका थिए । 

तर, उनले संसदमा उपस्थिति जनाउन पाएनन् । 

जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । 

उनको उम्मेदवारी खारेज भएपछि उनले मनोनयन गरेको क्षेत्रमा उनको समर्थनमा प्रदर्शन सुरु भएको छ ।






  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार २०:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया