भारतको गुजरातमा पुल चुँडिँदा १३७ जनाको मृत्यु

भारतको गुजरातमा पुल चुँडिँदा १ सय ३७ जनाले ज्यान गुमाएका छन् । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुँडिँदा सो दुर्घटना भएको हो ।

घटनामा १०० जना घाइतेसमेत भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार ५० जना जति अझै सम्पर्कमा छैनन् । 

भारतीय वायु सेनाका जवानलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेसँग भेटघाट गरेका छन् ।

क्षमताभन्दा बढी मानिस चढाइएकाले पुल चुडिएको अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार ७:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया