logo-img

सम्बन्ध विच्छेदमा पुरुषका मुद्दा बढे

हेटौँडा– चालू आवको पछिल्लो पाँच महिनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन् । चालू आर्थिक वर्षको भदौदेखि पुस महिनासम्ममा २ सय ८ सम्बन्ध विच्छेदको उजुरी परेकामध्ये महिलातर्फबाट ३ सय ३३ तथा पुरुषतर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ । 

यसअघि गत आर्थिक वर्षमा पुरुषले भने मुद्दा दायर गरेका थिएनन् । यससम्बन्धी जारी नयाँ देवानी संहिताले पुरुषले पनि आफ्नो अधिकारका लागि सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदका लागि पुरुषले मुद्दा दायर गरेका हुन् । 

महिलाले दायर गरेको मुद्दामध्ये पाँच प्रतिशतभन्दा बढी फैसला भइसकेको छ भने पुरुषले दायर गरेकामध्ये सात मुद्दा फैसला भएको छ । अदालतका स्रेस्तेदार केशवराज कौशिकका अनुसार पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसलामा समय लाग्ने बताइएको छ । 

नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा दुवैका लागि सम्बन्ध व्यवस्था छ । गत आर्थिक वर्षमा सो अदालतमा परेका चार सय उजुरीमध्ये २ सय फैसला भइसकेको अदालतले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार १६:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया