कांग्रेसको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप

नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि गठन गरिएको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको संयोजकत्वमा रहेको कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति आज ६१ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उपसमितिमा थप भएका सदस्यले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विदेशमा बसेर नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा जनमत सिर्जना मिडियामार्फत भूमिका खेल्ने कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसले निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका प्रतिनिधिको प्रचार–प्रसारलाई व्यवस्थित बनाउन पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको थियो ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार २२:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया