आर्मी प्रधानमन्त्री कपको सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । उसले समूह‘ए’अन्तर्गतको अन्तिम खेलमा कर्णाली प्रदेशलाई १४० रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

२५५ रनको लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । उसका लागि विपिन रावलले ६३ बलमा ६ चौकासहित सर्वाधिक ४८ रनको योगदान दिए ।

अर्जुन घर्तीले १७, प्रकाश जैसीलै ११ र सन्दीप शाहीले अविजित ११ रन जोडे । आर्मीका लागि  राहितकुमार पौडेलले तीन, हरि चौहान र शाहब आलमले दुई–दुई तथा जितेन्द्र मुखिया र सुशन भारीले एक–एक विकेट लिँदा एक खेलाडी उपिस्थत भएनन् । 

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले  निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो ।

उसका लागि कप्तान विनोद भण्डारीले अविजित रहदै सर्वाधिक ३७ रन बनाए । कुशल मल्ल र रोहित पौडेलले समान ३५,हरि चौहानले ३१,भिम सार्कीले २९,राजेश पुलामी २८,अर्जुन साउदले २०तथा अनिल मण्डलले १७ रन जोडे ।

कर्णालीका प्रकाश जैसीले तीन दीपेन्द्र रावतले दुई तथा दिनेश अघिकारीले  एक विकेट हात पारे । 



यो जितसँगै चार खेलमा ६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्दा चारै पराजित कर्णाली विना अंक पुछारमा रहँदै बाहिरिएको छ । 

योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । समूह‘ए’बाट एपिएफ विजेता र आर्मी उप विजेता तथा समूह‘बी’बाट पुलिस विजेता र मधेश प्रदेश उप विजेता बन्दै सेमिफाइन पुगे ।



  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १५:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया