प्रभु शाहविरुद्धकाे उम्मेदवारी फिर्ता लिन नमानेपछि आफ्नै उम्मेदवारलाई माओवादीकाे कारबाही

नेकपा माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ३ मा प्रभु शाहविरुद्धकाे उम्मेदवारी फिर्ता गर्न नमानेपछि आफ्नै उम्मेदवारलाई कारबाही गरेकाे छ । 

गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेकपा माओवादीका उम्मेदवार बनेका रवीन्द्र पटेल धीरजले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनलाई साधारण सदस्य समेत नरहने गरी 
पार्टीले कारबाही गरेको हाे ।

सुरूमा गठबन्धनले सिट बाँडफाँट गर्दा रौतहटको क्षेत्र नं. ३ मा प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रको भागमा परेको थियो ।
त्यस क्षेत्रमा प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनले उनलाई सघाउने निर्णय गरेकाे थियो । 

पटेलले आफ्नो उम्मेदवारी कायम रहेको र साहलाई कुनै पनि हालतमा समर्थन नगर्ने भन्दै चुनावी प्रचार प्रसारको अभियानलाई जारी राखेपछि उनी कारबाहीमा परेका हुन् ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १६:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया