logo-img

लोकदोहोरी कलाकार जेरी र शंकरकाे सम्बन्धविच्छेद

नेपाली लोकदोहोरी कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरूले सम्बन्ध टुंग्याएका हुन् ।

बबिता र शंकर तीन वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका थिए । लामाे समयकाे प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूकाे सम्बन्ध लामाे समय टिक्न भने सकेन ।

उनीहरूकाे एक छाेरी छिन् । छाेरी आफ्नाे निर्णय गर्न नसक्ने उमेरसम्म आमासँगै बस्नेछिन् ।  
 
फेसबुकमा स्टाटस लेख्दै जेरी आफूहरू बिहीबारदेखि अलग भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई ? मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनुपर्‍यो समयले । तिमीले दिएका हर आँसुको थोपालाई मोती बनाउने कोसिस गर्नेछु । आजबाट अलग भयौँ ।’





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १८:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया