यातायात प्राधिकरणको स्थापना पछि सवारी दुर्घटना न्यूनीकरण हुनेछ : मेयर शाह
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सो सम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताए ।

सेयर सबै सार्वजनिक सवारी साधनहरूको बराबर हुने गरी सो विधेयक पास भएकाले सवारी साँदनहरूबिच अस्वस्थ प्रतिस्पर्धा भई दुर्घटना हुने काममा कमी आउने उनको भनाई थियो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख गर्दै मेयर शाहले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरूबिच बिस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताए ।

‘हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ । जस अन्तरगत चाहिँ सबै खाले भेहिकल्सहरु एउटै छातामा आएर काम गर्ने जसले गर्दा खेरी कम्पिटीशन रहँदैन । सबैले बराबर सेयर पाउने भएपछि कम्पिटीशन हटछ,’ उनले भने, ‘रिङ रोडमा २ सय वटा गाडी भए पुग्ने रहेछ । तर हामीले रुट परमिट जतिलाई पनि दिइरहेका छौँ । अल बिल पास भएको छ । हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौँ । एक्सिडेन्ट हुने वित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भइरहेको छ । ती सबै काममा हामीहरू लागि पर्छौँ ।’

मेयर शाहले काठमाडौं उपत्यका भित्र हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताए । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १५:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया