एकदिवसीय सिरिज : यूएईविरुद्ध सुखद सुरुवातको सोचमा नेपाल

एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाललले आज यूएईको सानमा गर्दैछ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ । 

हालसम्म नेपाल–यूएईबीच हालसम्म ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा यूएईले चार र नेपालले दुई म्याचमा जित हात पारेका छन् ।

नेपाल र यूएईले एकअर्काविरुद्ध सन् २०१८ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । मलेसियाको क्वालालम्पुरमा भएको उक्त खेलमा यूएईविरुद्ध नेपाल ७८ रनले पराजित भयो । त्यस्तै, यो वर्ष दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा यूएईले नेपाललाई ९९ रनले हरायो ।

नेपालले सन् २०१९ मा यूएईमै भएको एकदिवसीय सिरिज आफ्नो पक्षमा पारेको थियो । सिरिजको पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि नेपालले त्यसपछि १४५ रन र चार विकेटको जित निकाल्यो । यो नै नेपालले जितेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज थियो । नेपाल घरेलु मैदानमा पनि त्यसलाई निरन्तरता दिँदै सिरिजमाथि कब्जा जमाउने लक्ष्यमा छ ।

नेपाललाई यूएईविरुद्ध जित निकाल्न सहज भने हुने छैन । यूएई घरेलु मैदानमा बेहोरेको हारको बदला लिँदै सिरिज आफ्नो पक्षमा पार्ने सोचमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रियको पछिल्लो पाँच खेलमा नेपालले दुईमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । त्यस्तै, यूएईले पछिल्लो पाँच एकदविसीय म्याचमा एकमा जित, तीनमा हार र एक खेलमा अंक बाँडेको छ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार ८:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया