logo-img

धनुषाकाे बटेश्वरमा नेकपा एमाले र नेकपा एसका कार्यकर्ताबीच झडप

धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान केन्द्रमा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ ।

वृद्ध असक्तहरूको परिवार बाहेकका एउटै व्यक्तिले दुई/तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको हो ।

बटेश्वर गाउँपालिका-१ बस्ने एमाले नेता उमेश महतोले एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई एमालेका एक कार्यकर्ताले धकेलेपछि विवाद भएको जानकारी दिए ।

विवादलगतै क्षेत्र नं. ४ (ख)का उम्मेदवारसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोलगायतका नेताहरू मतदान केन्द्र पुगेर विवाद समाधान गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १०:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया