logo-img

पहुँचवालालाई सर्वत्र मस्ती , नागरिकलाई पाहिलै पिच्छे सास्ती

नेपाल एक बिकासउन्मुख देश भनिएता पनि यहा बिकास हुदै गरेको सुरताल भने पक्कै पनि देखिदैन्। एउटा सहर, एक राजदानी र एक गाऊ , बिकासको बाटो लाग्दै छ भन्दैमा पूरै देशलाई नै कसरी बिकाशउन्मुख भन्ने प्रश्न यहा उठ्छ । १०० मा १५ प्रतिशतको सुख सुबिदा हेरेर बिकाश हुदै छ भन्नु किताबको खोल हेरेर किताबको मूल्यांकन गर्नु भने जस्तै हो ।
राजधानी वरपरैको भेग तीर पनि मुस्किलले सबै सुख सुबिधा भएको गाऊ भेटिन्छ। बिकासको नाममा बाटोमा हरेक बर्ष माटो खनाईएको मात्र पाइन्छ । बर्षा याममा हिलो र खड़ेरीको बेला धुलोको त कसले वास्ता गर्नु र ? यहाकै गाऊमा आज सम्म राम्रो बाटो पुगेको छैन , यातायात त निकै परको कुरा ।
राजधानी भनीने ठाऊ वरपर त अवस्था यस्तो छ भने झन ग्रामीण क्षेत्रको अवस्था त कहाली लग्ने नै छ भनी आम मानिसले सहजै बिचार गर्न सक्छ । बिकासको जरा भनेर बाटोलाई मानिन्छ । जब सम्म सुरक्षित बाटो पूग्दैन तब सम्म त्यस ठाऊमा बिकास हुने सम्भावना नै देखिदैन। नेपालको कर्णाली भेग सबै भन्दा ग्रामीण क्षेत्र मनीने गरिन्छ । सुन्दा कथा झै लाग्ला तर त्यहाका मानिसलाई एक प्याकेट सीटामोलको लागि मात्र दिन भरी हिडेर सदारमुकाम पुग्नु पर्ने अवस्था हुन्छ । यसले सबै भन्दा धेरै असर सुत्केरी महिलालाई पार्दै गएको छ । कर्णालीमा समयमै उपचार नपाएर पछिल्लो ९ वर्षमा १ सय ७२ सुत्केरीको अकालमै मृत्यु भएको तथ्यांक छ । यातायातको सुविधा नभएको त्यस ठाउमा एउटा मात्र विकल्प छ – हवाई उद्धार । तर जहाज कैले आउछ र उपचारका लागि लैजला भन्ने परखाईमा नै सुत्केरीको ज्यान जान पुग्छ ।
तर आफ्नो व्यक्तिगत प्रयोगका लागि भने चाही आकाशमा हेलीकोप्टर नै हेलीकोप्टर उड्ने गर्छ । नेताहरु हेलीकॉप्टरमा सेहेर गर्ने अवस्था छ तर आम जन्ताले भने हेलिकप्टरको न् आवाज सुन्न पाउछन न त देख्न नै ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्