logo-img

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिबापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ । सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ ।

वसन्तयामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि)सम्म बाटो खुलिसकेको छ । आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो । यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो ।





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार २१:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया