logo-img

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुरमा मंगलबार गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत मिलनचोकमा बोलेरो गाडीको ठक्करले एकजनाको मृत्यु भएको हो । 

साँगाबाट जगातीतर्फ आँउदै गरेको ना५ख २३६१ नम्बरको बोलेरो गाडीले गोरखा पालुङटार नगरपालिका वडा नम्बर २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नलिन्चोक बस्दै आएका ३८ वर्षीय कमल बयलकोटीलाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भई उपचारका लागि डा. ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा थप उपचारको लागि सुमेरु अस्पताल ललितपुर रिफर भएपछि उनको उपचारकै क्रममा आज साँझ निधन भएको हो ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बोलेरो गाडी र सवारी चालक सरलाही लालबन्दी नगरपालिका वडा नम्बर १६ बस्ने बर्ष २३ को सागर माझी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको छ । 

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार २१:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया