logo-img

विकासको सम्भावना बोकेको बर्दिया जिल्ला

गौरब लम्साल , बर्दिया

विकासको सम्भावना बोकेको बर्दिया जिल्ला नेपालको लुम्विनी प्रदेश अन्तर्गत दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरका सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेशको बहराईच जिल्ला पर्दछ । कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू–भाग (६८.७६५) तराईको समतल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२७५) चुरे पर्वत पर्दछ ।

पहिले आदिवासी थारुहरुको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरुमा बाह्य जिल्लाहरुबाट बसाई सराई गरी आउने भिडले गर्दा जातीय तथा सांस्कृतिक विविधताको मधुर घुलन रहेको छ ।  प्रचार प्रसारको दृष्टिकोणले यहाँको पर्यटकीय क्षेत्र ओझेलमा परेको यथार्थ सबै सामु छर्लङ्गै छ । तथापी, यो जिल्ला पर्यटनको हिसवाले प्रचुर सम्भावना बोकेको जिल्ला हो । यस जिल्लामा हेर्न, डुल्न र अवलोकन गर्नका लागि प्रशस्त रमणीय स्थल र बस्तुहरु रहेका छन । नेपालको सबैभन्दा लामो १०१५ मि.को पुल जसले राजापुर र गेरुवालाई सदरमुकामसंग जोडनुका साथै कैलाली पुग्नको लागि पनि महत्वपूण रहेको छ कोठीयाघाट पुल । एशियामा पहिलो पटक निर्माण भएको एक खम्वाको कर्णाली चिसापानी पुल । प्राकृतिकरुपमा संरक्षण गरिएको विश्वमै दुर्लभ मानिने कृष्णसार । 

८९६ वर्ग किलोमिटरमा फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज जहाँ पाटेबाघ, गोही, डल्फिन, गजराज, विश्वकै दुर्लभ मानिने खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डाँगर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंस, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्तार चराचुरुङ्गी तथा विविध प्रजातीका जीवजन्तु हरु पाईन्छन ।  ठाकुरबावा न.पा.मा ठाकुरबावा मन्दिर, गुलरिया न.पा.मा बगलामुखी मन्दिर, राजापुर न.पा.मा गणेशबाबा मन्दिर, बारबर्दिया न.पा.मा सदाशिव मन्दिर, गुलरिया न.पा.मा कोटही मन्दिर, मधुवन न.पा.मा कालिका मन्दिर, बकोटिया मन्दिर बढैयाताल गा.पा.मा, उत्तरकौशल धार्मिक बनवाटिका कोठीयाघाटमा, केदारेश्व महादेवको मन्दिर बाँसगढी न.पा.मा

पर्वतीया र नथुनिया बावा गुलरिया न.पा.मा आदी मन्दिरहरु मध्ये केहिलाई पुरातत्व विभागले महत्व दिदै नेपाल सरकारले हुलाक टिकट प्रकाशन गरेको छ ।  दक्षिण एशियाका चराचुरुङ्गीको क्रिडा स्थल, कमलको फुल आदीले शोभायमान हुने संरक्षित १०५ बिगाहामा फैलिएको प्राकृतिकरुपले निर्मित बढैयाताल । प्राकृतिकरुपले निर्मित २०० बिगाहामा फैलिएको सतखल्वा ताल । साथै, सतखल्वा होमस्टे, डल्ला होमस्टे र राजी समुदायले खोलेको होमस्टेहरु पनि बस्न र हेर्न लायकका छन ।

कर्णाली नदीमा र्‍याफि्टङ, कर्णाली नदी एडभेन्चर स्पोर्ट्स, जीपलाईन को प्रशस्त सम्भावना रहेको छ ।  बर्दिया जिल्लाको पर्यटन क्षेत्रमा रहेको प्रवल सम्भावनाहरुलाई प्रचारप्रसारको माध्यमबाट केन्द्र सम्म र आधुनिक प्रविधिहरु मार्फत विश्वमा हाम्रो सम्पदाहरुको जानकारी पुर्‍याउन सकियो भने बर्दिया जिल्लाको मात्र नभै यसले बर्दियाली जनताको आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै राष्ट्रको आय वृद्धिमा महत्वपूर्ण भूमिका बर्दिया जिल्लाले पनि खेल्न सक्छ भन्दा अतिशयोक्ति नहोला ।  जैविक विविधता, सांस्कृतिक विविधताले भरिपूर्ण यो जिल्लामा आपसी एकता र भाईचाराको उदाहरण देख्न पाईन्छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्