logo-img

प्रतिनिधिसभा प्रत्यक्षमा राप्रपाका ७ उम्मेदवार छन् अगाडि
फाइल तस्वीर ।

प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका राप्रपाका ७ उम्मेदवारले मतगणना चलिरहँदा आफूलाई अग्रता दिलाएर जितको सम्भावना निकालेका छन् ।

यीमध्ये राप्रपाका बाँके २ का उम्मेदवार धवलशम्शेर राणाले सबेभन्दा बढी मतले अग्रता लिएका छन् ।
उनले जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई पछाडि पारेका हुन् । राणाले १३ हजार ३ सय ५१ मत ल्याउँदा राईले ८५३९ मत ल्याएका छन् ।

चितवन ३ मा विक्रम पाण्डेले पनि अग्रता लिएका छन् । उनले ५७२५ मत ल्याउँदा उनलाई पछ्याएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ४४२४ मत ल्याएकी छिन् ।

नवलपरासी २ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलभन्दा अगाडि छन्, ध्रुवबहादुर प्रधान । उनले ६८९६ मत ल्याउँदा कँडेलले २८६४ मत मात्र ल्याएका छन् ।

रुपन्देही ३ मा पनि नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई राप्रपाका दीपक बोहोराले पछाडि पारेका छन् । बाबेहराको ६३७३ मत आएको छ भने खाँणको ५१२४ मत आएको छ ।

तेह्रथुम १ मा पनि राप्रपाका युवराम गौतमले अग्रता लिएका छन् ।



त्यस्तै, जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले लगभग आफ्नो जित निश्चित गरेका छन् । उनले ५५६१ मत ल्याउँदा माओवादी केन्द्रकी गोमा गौतमले २३६० मत मात्र ल्याएकी छिन् ।

झापा ३ मा यसपटक पनि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पछि पारेका छन्, राजेन्द्रप्रसाद लिङ्देनले । राप्रपा अध्यक्ष लिङदेनले त्यहाँ ८७४४ मत ल्याउँदा सिटौलाले ६५५३ मत ल्याएका छन् ।



  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १६:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया