के पराजयपछि एमाले वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिँदैछन् ईश्वर पोखरेल ?

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल संसदीय निर्वाचनमा पराजित भए । 

२०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित भएको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका पोखरेललाई नेपाली कांग्रेसका प्रदीप पौडेलले फराकिलो मतान्तरले पराजित गरे । 

मंगलबार निर्वाचन आयोगले मत परिणाम सुनाए पछि पोखरेलले हार स्वीकार मात्र गरेनन्, पौडेललाई बधाई पनि दिए । 

तर, यो हारसँगै ईश्वर पोखरेलले सक्रिय राजनीतिबाट बिदा लिने हुन् कि भन्ने चर्चा पनि नेकपा एमाले वृत्तमा चल्न थालेको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले अबको एमालेको ११ औं महाधिवेशनबाट उमेर हदका कारण पार्टीको कुनै पदमा उम्मेदवारी दिन पाउने छैनन् । 

त्यति बेलासम्म पर्खिनु भन्दा अहिल नै राजीनामा दिएर सक्रिय राजनीतिबाट बिदा लिने सोचमा ईश्वर पोखरेल पुगेको उनीनिकट एक नेताले बताए ।

‘अहिले यो विषयमा कुनै सोच नै आएको छैन,’ ईश्वर पोखरेलले सक्रिय राजनीतिबाट बिदा लिन खोज्दैछन् भन्ने प्रश्नमा उनीनिकट अर्का एक नेताले बताए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ८:४३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया