दोलखा प्रतिनिधिसभा सदस्यमा आफ्नो दलको उम्मेदवारलाई निर्वाचित गराउन असफल भएको भन्दै नेकपा (एमाले) जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिएका छन् ।
मतगणनाको अन्तिम परिणाम आएलगत्तै सचिव थोकरले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा दिएको घोषणा गरेका हुन् । माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३१७ मतले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पराजित गरेपछि एमालेलाई दोलखामा धक्का लागेको छ ।
कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।