logo-img

एमाले अध्यक्ष ओलीसँग भारतीय राजदूतकाे भेटवार्ता

भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। राजदूत श्रीवास्तव बुधबार बिहानै ओली भेट्न बालकोट पुगेका थिए । 

ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको बताइएको छ । ओलीले सचिवालय बैठक रोकेर श्रीवास्तवसँग भेटवार्ता गरेका थिए ।

श्रीवास्तवले निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग २ पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन् । 

नयाँ सरकार गठनकाे रस्साकस्सी चल्दै गर्दा बढेकाे भारतीय राजदूतकाे दाैडधूपबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । नेपालका अधिकांश राजनीतिक परिवर्तनमा चासाे लिँदै आएकाे भारतकाे अहिलेकाे दाैडधूप खासै नाैलाे भने हाेइन ।





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १८:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया