चोलेन्द्र आउन सक्ने भन्दै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
फाइल तस्बिर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमलाई ‘प्रभाव’ मा पारी जबराले आफू विरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उनले आफू सर्वोच्च फर्किन लागेको बुधबार जानकारी दिएका थिए । जस कारण सर्वोच्च परिसरमा तनावको स्थिति उत्पन्न भएको छ ।

बुधबार दिनभरजसो सर्वोच्च परिसरमा कानुन व्यवसायी आन्दोलित बनेका थिए । नेपाल बार एसोसिएसनले विरोध जनाएको छ । संघीय संसद् सचिवालयको पत्रबारे सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । शुक्रबार रिटमा सुनुवाइ हुँदैछ । सोही कारण सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो । 

सर्वोच्चभित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्चभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तुकहरुलाई प्रहरीले उनीहरूको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ । नेपाल बारको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरू तैनाथ छन् ।
 





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार ११:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया