नगराईन नगरपालिकाको ‘अवस्था’ सुधार गर्न माग

धनुषाको नगराईन नगरपालिकाका उपमेयर, वडाध्यक्ष तथा बहुमत कार्यपालिका सदस्यहरूले नगरपालिकाको वर्तमान अवस्था अविलम्ब सुधार गर्नुपर्ने माग गरेका छन् । उपमेयर राधा देवी यादवको नेतृत्वमा आइतबार बसेको वडाध्यक्ष तथा बहुमत कार्यपालिका सदस्यको बैठकले विभिन्न निर्णयहरू गरेको हो । 

उपमेयर यादवले जनमतलाई कदर गरी नगर परिषद्का लागि कार्यपालिका सदस्यहरूले दर्ता गर्न खोजको प्रस्ताव निर्वाधरूपमा दर्ता हुनुपर्ने, स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ अनुसार परिषदपूर्व पालिका सञ्चालनका लागि आवश्यक विभिन्न क्षेत्रगत समितिहरूको पूर्णता दिनुपर्नेलगायतका माग गरेकी छन् । 

उनले नगराईन नगरपालिकाको विगतका सरकारबाट बहुमतको दम्भले पारित अप्रजातान्त्रिक बुँदा सहितका कार्यविधिहरू संशोधन हुनुपर्ने, विभिन्न क्षेत्रगत समितिहरूको छलफल गराई परिषद्का लागि आधार तयार गराउनु पर्ने र नगर कार्यपालिकाका सबै सदस्यहरूको बैठक बसी परिषद्को मिति तय गरी यथाशीघ्र नगर परिषद् गर्नुपर्ने मागसमेत गरेकी छन् । 

उपमेयर यादवले परिवर्तन एवम् प्रगतीशिलमार्गका अवरोधक, बहुमतको सम्मान गर्न नचाहने र जनमतको अपमान गर्ने सोचले अभिप्रेरित स्वेच्छाचारी तथा तानासाह नगर प्रमुख विनय यादवका कारण हालसम्म नगर बासीहरू विकासबाट वञ्चित रहेको जिकिर गरेकी छन् । 

पालिका अन्तर्गतका दलित, एकल महिला, वृद्धवृद्धाहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् भने विभिन्न विद्यालय, स्वास्थ्य संस्थाहरूमा कार्यरत कर्मचारीहरूले हालसम्म पनि तलब भत्ता पाउन नसक्दा सबै कामहरू ठप्प भएका छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार २०:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया