logo-img

जाजरकोटमा जिप दुर्घटना

जाजरकोटमा सोमबार दिउँसो ४ बजेतिर जिप दुर्घटनामा परेको छ। दुर्घटनामा क्षतिको यकिन विवरण आइसकेको छैन।

कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका–५ भीरपाटीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार छेडागाड–५ को वडावनदेखि वडा नम्बर ४ दशेर जाँदै गरेको जीप सडकदेखि २०० मिटर तल खसेको छ।

स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गइरहेको छ।





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १८:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया