logo-img

नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा अध्यादेश ल्याइनु घोर आपत्तिजनक : विवेकशील साझा

विवेकशील साझा पार्टीले सरकारले ल्याएकाे अध्यादेशकाे विराेध गरेकाे छ । पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले विज्ञप्ति जारी गर्दै नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा अध्यादेश ल्याइनु संसद्को अवमूल्यन भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार बन्ने प्रक्रियाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसद्को समेत अवमूल्यन हो । सरकारको यो कदम संवैधानिक, कानूनी, नैतिकता, समय र अभ्यास सबै हिसाबले घोर आपत्तिजनक छ ।’

सरकारको यो कदमले कानूनी शासनको धज्जी उडाएकाे र यसले लोकतन्त्रलाई अझ कमजोर बनाउने साे पार्टीकाे ठहर छ । 

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी सत्ता साैदाबाजीका लागि अध्यादेश ल्याइएको भन्दै विवेकशील साझाले त्यसले विधिको शासनलाई लत्याउँदै प्रणालीमै प्रहार गर्ने दाबी गरेकाे छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १६:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया