logo-img

मधेसी आयोगले थारू र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटायाे

मधेसी आयोगले थारू र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । गत २० मंसिरमा बसेको आयोगको बैठकले थारू र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको हो । 

आयोगले २१ मंसिरमा निर्णय कार्यान्वयनका लागि लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ । 

उक्त पत्रमा भनिएकाे छ, ‘मधेसी आयोगको मिति २०७२/०८/२० गतेको बैठक बाट मधेसी आयोगको ‘नेपालमा अध्ययन प्रतिवेदन २०७८’ मा उपसमूह १ थारू जाति र २ मुसलमान जातिलाई हटाउने निर्णय भएको हुनाले सो बमोजिम गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’

थारू र मुस्लिम समुदायसम्बद्ध विभिन्न संघसंगठनले आफूहरूलाई थारू र मुस्लिम समुदायलाई मधेसी क्लस्टरमा नराख्न माग गर्दै आयोगमा निवेदनसमेत दिएका थिए । साेही बमाेजिम आयोगले उनीहरूलाई हटाएकाे हाे ।





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १७:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया