रवि लामिछानेविरुद्ध सर्वोच्चमा पर्यो रिट, सांसदको सपथ नगराउन माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई सांसदको सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

उनको नागरिकता र पासपोर्टको विवाद यथावत रहेकाले उनलाई सपथ नगराउन माग गर्दै रिट परेको हो । 

रिट दर्ता गरेका हुन्, युवराज लामिछानेले ।

गृहमन्त्रालयमा लामिछानेको पासपोर्ट र नागरिकतासम्बन्धी विषयमा उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनको पासपोर्टमाथि अनुसन्धान गरिरहेको छ ।

उनीसँग अमेरिकी नागरिकता हुँदाहुँदै र अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको आरोप लागेको थियो । अनि खारेज भएको नेपाली नागरिकता नै प्रयोग गरेर उनले उम्मेदवारी दिएको आरोप लागेको थियो ।

लामिछानेले २०५० सालमा लिएको नागरिकतालाई नै अहिले प्रयोग गरिरहेका छन् । त्योबीचमा उनले अमेरिकी नागरिकता लिए पनि त्यसलाई उनले त्यागेका थिएनन् । 



निर्वाचन आयोगमा परेको उजुरीमा उनले स्पष्टिकरण दिँदा चितवनमा निर्वाचन भइसकेको थियो । त्यसैले यो विषय पछि गृहमन्त्रालयमा पुगेको हो ।

राहदानी ऐन २०७६ को दफा २१ (क) मा झूटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदि लिए दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।



  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १५:१६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया