logo-img

मधेशमा पत्रकारले बहिष्कार गरे निर्वाचन आयोगको पत्रकार सम्मेलन

निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरूले निर्वाचन आयोगको पत्रकार सम्मेलन बहिष्कार गरेका छन् ।

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रममा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरूले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् । 

शनिबार निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले प्रदेश प्रमुख मिश्रको निजी सचिवालयमा पुगेर मधेस प्रदेशको निर्वाचन प्रतिवेदन बुझाउँदा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गर्न दिइएको थियो । 

सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि निजी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले आयोगको पत्रकार सम्मेलन बहिष्कार गरेका थिए ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १४:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया