संसदीय दलको नेता स्वाभाविक रूपमै देउवा हाे, दाइले मत पाउनुहुन्छ कि हुन्न भनेर नसोध्नुस् : शशांक कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले संसदीय दलको नेतामा दाजु शेखर कोइराला उठेमा सोच्नुपर्ने नभए संसदीय दलको नेता स्वाभाविक रूपमै देउवा हुने बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिकाे बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै संसदीय दलको नेताकाे प्रबल दाबेदार रहेकाे बताए । 

देउवाले नै संसदीय दलको नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै उनले भने,'मेरो दाइ उठेपछि म असमञ्जसमा पर्छु । दाइले मत पाउनुहुन्छ कि हुन्न भनेर नसोध्नुस्। म सोचेर मत दिन्छु।’

आफूले यसचोटि मन्त्री हुनुपर्छ भनेर प्रधानमन्त्री देउवासँग प्रस्ताव राखेको भन्दै आफू यसपालि मन्त्री पनि बन्नेमा विश्वस्त रहेकाे बताए। 

चार-चारचोटि जितेर एकचोटि पनि मन्त्री नभएकाले अनुभव प्राप्त गर्नका लागि मन्त्री बन्छु भन्ने विलासा रहेकाे उनले बताए । 





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १७:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया