कैलालीको अत्तरियामा गोली चल्यो, एकजना घाइते

कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एकजना घाइते भएको मालाखेती प्रहरी जनाएको छ । 

अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पतालनजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास सुनार घाइते भएका हुन् । सुनारको दाहिने हात र ढाडमा गोली लागेको छ । कस्ले र किन गोली चलायो भन्ने बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका सूचना अधिकारी प्रहरी निरीक्षक वासुदेव भट्टका अनुसार कैलाली गोदावरी नगरपालिका-२ सशस्त्र क्याम्प अगाडि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजनाले गोली चलाएका थिए ।

उक्त स्थानमा प्रहरी निरीक्षक बासुदेव भट्टको कमाण्डमा ११ जनाको प्रहरी टोली खटाएको छ ।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २०:५२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया