logo-img

पाकिस्तानसँगको टेस्ट सिरिज इंग्ल्याण्डले गर्‍यो ‘क्लिन स्विप’

पाकिस्तानविरुद्धको टेस्ट सिरिज पाहुना टोली इंग्ल्याण्डले ‘क्लिन स्विप’ गरेको छ । आज बिहान सकिएको अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै इंग्ल्याण्डले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो । 

पहिलो र दोस्रो खेलमा इंग्ल्याण्ड क्रमशः ७४ र २६ रनले विजयी भएको थियो । तेस्रो खेलमा पाकिस्तानले दिएको १६७ रनको सामान्य लक्ष्य पाकिस्तानले २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

उसका लागि ओपनर बेन डकेटले ७८ बलमा १२ चौकासहित अविजित ८७ रन बनाए । कप्तान बेन स्टोक्स ३५ रनमा अविजित रहे । ज्याक क्रली ४१ र रेहान अहमद १० रनमा आउट भए । पाकिस्तानका लागि अबरार अहमदले मात्र दुई विकेट लिन सके ।

पहिलो पारीमा इंग्ल्याण्डले ३५४ रन बनाउँदै ५० रनको अग्रता राखेको थियो । उसका लागि सो पारीमा ह्यारी ब्रुकले १५० बलमा आठ चौका र तीन छक्कासहित सर्वाधिक १११ रन बनाए । त्यस्तै, बने फोक्सले ६४, ओली पोपले ५१, मार्क उडले ३५, ओली रोबिन्सनले २९, बेन डकेट र कप्तान बेन स्टोक्सले २६/२६ रनको योगदान दिए ।

पाकिस्तानका लागि अबरार अहमद, नौमान अलीले चार/चार र मोहम्मद वसिमले एक विकेट लिए । कराचीस्थित नेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान पहिलो पारीमा ३०४ अलआउट भयो । उसका लागि कप्तान बाबर आजमले १२३ बलमा ९ चौकाको मद्दतमा सर्वाधिक ७८ रन बनाए । 

त्यस्तै, अघा सलमानले ९३ बलमा ६ चौकाको मद्दतमा ५६ रनको योगदान दिए । अजहर अलीले ४५, शान मसूदले ३०, साउद शाकीलले २३, नौमान अलीले २० र मोहम्मद रिजवानलले १९ रन जोडे । इंग्ल्याण्डका लागि स्पिनर ज्याक लीचले ३१ ओभरमा १४० रन खर्चदै सर्वाधिक चार विकेट लिए ।



त्यस्तै, रेहान अहमदले दुई, जो रूट, ओली रोबिन्सन र मार्क उडले एक/एक विकेट हात पारे । दोस्रो पारीमा भने पाकिस्तान २१६ रनमै समेटियो । उसका लागि कप्तान बाबर आजमले ५४ र साउद शाकीलले ५३ रन बनाए । बाँकी ब्याटरले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । 

इंग्ल्याण्डका लागि यही खेलमा डेब्यू गरेका स्पिनर रेहान अहमदले १५.५ ओभरमा ४८ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । त्यस्तै, ज्याक लीचले तीन, मार्क उड र जो रूटले एक/एक विकेट हात पारे ।    



  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ११:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया