गगन थापाको पक्षमा खुले प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल पनि महामन्त्री गगन थापाको समूहमा खुलेका छन् । 

उनी कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा थापाको समूहमा खुलेका हुन् । पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । 

हालै प्रतिनिधि सभामा काठमाडौं–५ बाट चुनाव जितेका पौडेल संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन थापा पक्षमा खुलेका हुन् ।

थापालाई संसदीय दलको नेतामा शेखर कोइरालाले प्रस्ताव गरेका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् । ​





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १४:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया