कांग्रेसमा पुस्तान्तरण हुने र नेतृत्व अब आफूले गर्ने भन्दै कांग्रेस संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गरेका गगन थापाले आफ्नै समूहबाट सबै मत पाउन सकेनन् । थापाको आफ्नै समूहमा रहेका भनिएका केही सांसदहरुले देउवालाई समर्थन गरेका हुन् ।
४ मंसिरमा सम्पन्न निर्वाचनमा शेखर समूहका झन्डै तीन दर्जन सांसदहरू निर्वाचित भएर आजको चुनावमा सहभागी भए पनि गगन थापाले भने जम्मा २५ मत मात्रै पाएका छन् ।
कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । ६४ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।