प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।
नेपाललाई भेट्न देउवा र दाहाल सँगै अस्पताल पुगेका हुन्।
आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित भएपछि देउवा दाहाललाइ लिएर त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
नेपाल रूघाखोकी र छातीमा संक्रमण देखिएपछि मंगलबार शिक्षण अस्पतालमा भर्ना भएका थिए । हाल उनकाे स्वास्थ्य सुधाराेन्मुख रहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।