प्रचण्डलाई ओलीकाे प्रस्ताव : प्रधानमन्त्रीका लागि तयार तपाईं तयार रहनुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयार रहन प्रस्ताव 
गरेका छन् । 

संसद् भवन परिसरमा बिहीबार भएको छोटो कुराकानीमा ओलीले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको बताइएकाे छ ।

संसद भवनमा ओली र प्रचण्ड एउटै सोफामा बसेका थिए । बीच साे क्रममा दुई नेताबीच संक्षिप्त कुराकानी भएकाे र ओलीले प्रचण्डलाई 'तयार हुनुस्' भनेकाे स्राेतकाे दाबी छ । 

प्रचण्डनिकट स्राेतका अनुसार जवाफमा प्रचण्डले आनाकानी गर्दै तयार हुँदै छु भन्ने जवाफ फर्काएका थिए । 





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १६:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया