प्रचण्डको सचिवालयले भन्याे : बालकोटबाट नयाँ यात्राकाे सुरुवात

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘नयाँ यात्राकाे सुरुवात’ भएको बताएको छ । 

नयाँ सरकार गठनका लागि बालुवाटारमा गठबन्धनको बैठकमा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेट पुगेका छन् । 

बालकाेटमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, राप्रपा र जनमत पार्टीबीच छलफल जारी छ । 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक सकारात्मक रुपमा अघि बढेको संकेत गर्दै उक्त पाेस्ट गरेका हुन् । 

राष्ट्रपतिले नयाँ सरकारका लागि दाबी पेस गर्न दिएकाे समय आज साँझ ५ बजे सकिँदै छ ।





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १५:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया