मनाङ मर्स्याङ्दीबाट बिदा भए अञ्जन विष्ट

नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य अञ्जन विष्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीबाट बिदा भएका छन् । उनले सामाजिक सञ्जालमार्फत मनाङ क्लबबाट बिदा भएको घोषणा गरेका हुन् ।  

पछिल्लो समय क्लब व्यवस्थापनमा आएको समस्याका कारण क्लब छाड्नु परेको अञ्जनको भनाइ छ ।

‘जुन क्लबलाई मनदेखि आफ्नो दोस्रो घर सोचेर अगाडि बढेको थिए, त्यसमा केही व्यक्तीहरूले क्लबलाई आफ्नो स्वार्थअनुसार चलाउन खोजेपछि पटकपटक राम्रो हुन्छ की सोच्दासमेत व्यक्तिगत स्वार्थअनुसार क्लबको हितभन्दा आफूअनुसार क्लबलाई चलाउन खोजेपछि खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछि बाध्य भएर दुःखी मनका साथ यस क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु,’ अञ्जनले उल्लेख गरेका छन् ।

नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङमा अञ्जनले चार वर्ष बिताए । जसमा उनले ‘ए’ डिभिजन लिगसहित विभिन्न उपाधि जिते ।   
अञ्जन सन् २०१८ मा एपिएफ पुगेका थिए । 

राष्ट्रिय टिमका पनि महत्वपूर्ण खेलाडी अन्जनले आफ्नो नयाँ गन्तव्यबारे केही बताएका छैनन् । तर, उनले राम्रोसँग फुटबल बुझ्ने, क्लब र खेलाडीको हितमा काम गर्ने मान्छे क्लबको कार्यसमितिमा आए भविष्यमा फेरि मनाङमा फर्किने ढोका भने खुलै रहेको पनि बताएका छन् । 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार ७:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया