प्रचण्डसँग छलफल गर्न ओली खुमलटारमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । 

प्रचण्डलाई भेट्न अध्यक्ष ओली २ वर्षपछि खुमलटार पुगेका हुन् । अहिले प्रचण्ड र ओलीबीच छलफल भइरहेको छ ।   

आज बिहान नै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।  

छलफलमा प्रचण्डले उनीहरूसमक्ष सरकारमा सहभागी हुने प्रस्ताव गरेका बताइएको छ । नेपाल र यादवबीचको भेटपछि प्रचण्डले ओलीसँग छलफल गरिरहेका हुन् । 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १२:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया