logo-img

दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलिया एक इनिङ्स र १८२ रनले विजयी

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको दोस्रो खेल घरेलु टोली अस्ट्रेलियाले एक इनिङ्ग र १८२ रनले जितेको छ । योसँगै उसले सिरिज एक खेल अगावै २–० ले आफ्नो पक्षमा पार्‍यो । 

दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा पनि खराब ब्याटिङ गर्‍यो । उसले पहिलो पारीमा १८९ र दोस्रो पारीमा २०४ रन मात्र बनाउन सक्यो । दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाका लागि तेम्बा बावुमाले सर्वाधिक ६५ रन जोडे ।  

पाहुना टोलीलाई २०४ रनमै समेट्ने क्रममा अस्ट्रेलियाका नाथन लियोनले तीन, स्कट बोल्याण्डले दुई, मिचेल स्टार्क, प्याट कमिन्स र स्टिभ स्मिथले एक/एक विकेट लिए । मेलबन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिका १८९ रनमै समेटियो ।

उसका लागि मार्को जेन्सनले सर्वाधिक ५९ रन बनाएका थिए । बलिङमा क्यामरुन ग्रीनले १०.४ ओभरमा २७ रन दिएर सर्वाधिक ५ विकेट लिए । अस्ट्रेलियाले पहिलो पारीमा ५७५–८ को अवस्थामा पारी समाप्तिको घोषणा गर्‍यो ।

उसका लागि डेविड वार्नरले दोहोरो शतक बनाए । २५५ बलको सामना गरेका उनले १६ चौका र दुई छक्कासहित २ सय रन बनाए । वार्नरले आफ्नो सयौं टेस्टमा दोहोरो शतक बनाएका हुन् ।

यसअघि यो उपलब्धि इंग्ल्याण्डका जो रूटले हासिल गरेका थिए । त्यस्तै, एलेक्स केरीले १४९ बलमा १३ चौकासहित १११ रन बनाए । स्टिभ स्मिथले ८५, ट्रभिस हेड, क्यामरुन ग्रीन (अविजित) ले ५१/५१, नाथन लियोनले २५ र मार्नस लाबुसेनले १४ रनको योगदान दिए ।



दक्षिण अफ्रिकाका लागि एनरिक नोर्टजेले २५ ओभरमा ९२ रन दिएर सर्वाधिक तीन विकेट लिए । अस्ट्रेलिया र दक्षिण अफ्रिकाको तेस्रो टेस्ट ४ देखि ८ जनवरीसम्म सिड्नीमा हुनेछ । 



  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १०:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया