अमेरिका पलायन भए ब्राजिलका निवर्तमान राष्ट्रपति बोल्सोनारो

ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो उत्तराधिकारीको सपथ लिनुभन्दा दुई दिनअघि र आफ्ना अनुयायीहरूलाई रुँदै बिदाइ गरेको केही समयपछि शुक्रबार अमेरिका पलायन भएका छन् । 

उनले आफ्नो चुनावी हार स्विकारेका छैनन् । उनले स्थानीय समयअनुसार अपराह्न २ः०० बजे वायु सेनाको विमानबाट अमेरिकाको फ्लोरिडाका लागि प्रस्थान गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । सिएनएन ब्राजिलले बोल्सोनारोलाई उद्धृत गर्दै भनेको छ, ‘म उडिरहेको छु, म चाँडै फर्कनेछु ।’ 

‘एभिएसन ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयर’का अनुसार उनको विमान स्थानीय समयअनुसार शनिबार राति ९ बजेपछि ओर्लान्डोमा अवतरण गरेको थियो । यसको अर्थ उनले आइतबारको शपथ ग्रहण समारोहमा भाग लिने छैनन् अर्थात् उनले नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भालाई पदभार हस्तान्तरण गर्ने छैनन् ।  

बोल्सोनारो प्राविधिक रूपमा थप दुई दिनका लागि राष्ट्रपति भने रहिरहेका छन्। आरएनआर टेलिभिजनका अनुसार उनको कार्यकालमा उपराष्ट्रपति रहेका ह्यामिल्टन मौराओ अहिले कार्यवाहक राष्ट्रपति रहेका छन् उनले शनिबार देशबासीको नाममा सम्बोधन गर्नेछन्।  

बोल्सोनारोको भ्रमणको समय र उद्देश्यबारे एएफपीले सोधेको प्रश्नको जवाफ राष्ट्रपतिले दिन चाहेनन् ।  

यसअघि शुक्रबार बोल्सोनारोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको एक सम्बोधनमा आफ्ना समर्थकलाई ‘जनवरी १ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा संसारको अन्त्य हुने छैन’ भनेका थिए ।  उनले भने, ‘हाम्रो भविष्य राम्रो छ । अहिलेलाई युद्ध हारेको जस्तो भएको छ, तर हामी युद्ध हार्ने छैनौँ ।’





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १७:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया