बेलायती राजाबाट नेपाली समाजसेवीले पाए पदवी

बेलायतमा बस्ने एक नेपाली समाजसेवीले राजा चार्ल्स तृतीयबाट पदवी पाएका छन् । नेपाली व्यवसायी महन्त श्रेष्ठले त्यहाँका राजाबाट अर्डर अफ द ब्रिटिस एम्पायर (ओबिई) पदवी पाएका हुन् ।  

कला, विज्ञान तथा च्यारिटीमूलक संस्था वा समाजसेवामा गरेको योगदानप्रति दिइने उक्त विशिष्ट पदवी श्रेष्ठलाई आगामी जुन महिनामा एक समारोहबीच दिइनेछ । अंग्रेजी नयाँ वर्षको अवसरमा दिइने विभिन्न पदवीअन्तर्गत श्रेष्ठले ओबिई पाएका हुन् । 

ओबिई पदक यसअघि डा. सूर्यप्रसाद सुवेदी र डा. राघवप्रसाद धितालले पाइसकेका छन् । यस वर्ष करिब ११ सय जनाले यस्तो पदवी पाएको राजपरिवारको आधिकारिक पत्रिका लन्डन गजेटमा उल्लेख छ । 





  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १८:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया