logo-img

कास्कीमा आगलागीमा परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागीमा परेर कास्कीमा एकजना निवर्तमान वडाध्यक्षको मृत्यु भएको छ । आगलागीमा परी जिल्लाको मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरजकुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

सिक्लेसको धाप्राङस्थित घरमा  आइतबार राति आगलागी भएको थियो । आगलागी कसरी सुरु भएको भन्ने बारेमा केही पनि नखुलेको तथा राति नै घटनास्थलमा प्रहरी पुगिसकेको छ ।  

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको आशंका छ । गुरुङ अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।  





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार ८:३९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया