सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावलको सम्भावना कति ?

सुदूरपश्चिम र बागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ ।

एमालेको भाग पर्दा सो पार्टीका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । यद्यपि केही गरेर नागरिक उन्मुक्ति पार्टी सहकार्यमा आएन भने एमाले, माओवादीको सरकार बन्न कठिन देखिन्छ। सुदूरपश्चिममा उन्मुक्तिलाई कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्री दिएर भए पनि सरकार बनाउने प्रयास गरिरहेको छन् ।

उन्मुक्ति एमाले, माओवादीतिर लाग्दा २८ र कांग्रेस, समाजवादीतिर जाँदा ३० जना प्रदेश सभा सदस्य पुग्छन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सदस्य आवश्यक पर्छ । त्यस्तै, बागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्ने सहमति भएको छ । मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ ।

केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व गर्ने छ । एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन्। त्यसपछि माओवादीका दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् ।

केन्द्रको सहमति अनुसार सुदूरपश्चिममा सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ । मुख्यमन्त्रीको लागि एमालेबाट रावल पक्का भइसक्दा सभामुख र उपसभामुखको भने टुङ्गो लाग्न बाँकी छ । सुदूरपश्चिम प्रदेशले २७ गते मुख्यमन्त्री पाउने छ भने २८ गते सभामुखको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । 

प्रदेश प्रमुखले २७ गते भित्र दलहरूलाई बहुमत पुराउन २० गते एक साताको समय निर्धारण गरेका थिए । सभामुखका लागि भने पहिलो बैठकले २८ गते निर्वाचनको मिति तय गरेको हो । 





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १०:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया