भारतको गुजरातबाट तीकुनीया तर्फ आइरहेको बस दुर्घटना हुँदा कैलालीका तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार तीकुनीया आउदैँ गरेको बस लखनौंमा आइतबार राती ट्रकसँग ठोक्किँदा कैलालीका तीन जनाको मृत्यु भएको हो ।
जिल्लाको टीकापुर नगरापालिका १ का वर्ष ५५ का चन्द्र साउद, वर्ष ३५ का ललित साउद र खर्कौला बस्ने वर्ष ३० की निर्मला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए ।
भारतीय चालकको पनि मृत्यु भएको छ । उनको परिचय खुलेको छैन । बसमा सवार करिब १४/१५ जना घाइते भएको प्रहरीले जनाएको छ । बसको नम्बर खुल्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।