logo-img

पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा अनुवाद

नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ ।

पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले आज आयोजना गरेको कार्यक्रममा अनुवाद गरिएको पुस्तक ‘महाराजा पृथ्वीनारायण शाह की सङ्क्षिप्त जीवनी और उनके उपदेश’ विमोचन गरिएको हो । पूर्वराजदूत निरञ्जनमानसिंह बस्न्यातले अङ्ग्रेजीमा लेखेको पुस्तक हिन्दीमा अनुवाद गरिएको हो । हिन्दी अनुवाद प्रीतिमा वत्सले गरेका हुन् ।  

यो पुस्तक यसअघि स्पेनिस, फ्रेन्च भाषामा अनुवाद भइसकेको छ । पुस्तक चिनियाँ भाषामा पनि अनुवादको तयारी भएको जनाइएको छ । पुस्तक विमोचन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वनिमित्त कुलपति डा. जगमान गुरुङले खतरामा परेको नेपाल राष्ट्रलाई अघि बढाउन श्रीपाली बस्न्यात समाजको भूमिका महत्त्वपूर्ण हुने बताए ।

पृथ्वीनारायण शाहकालीन नेपालका पहिलो प्रधानसेनापति शिवरामसिंह बस्न्यातको निवासस्थानका रूपमा रहेको इन्द्रचोकस्थित तिलङ्गा भवनलाई जोगाएर स्मारक निर्माण गर्न पनि उनले श्रीपाली बस्न्यात समाजको ध्यानाकर्षण गराएका थिए ।  





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १९:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया