logo-img

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदै, सार्वजनिक बिदा

प्रत्येक वर्ष २७ पुसमा मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । 

२७ पुस १७७९ मा गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायणको जन्म भएको थियो । उनी चैत २५ १७९९ मा राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । 

राजा भएपछि पृथ्वीनारायण पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । 

पृथ्वीनारायणले वि.सं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि उनले १८२६ सालमा काठमाडौं उपत्यकामा विजय हासिल गरेका थिए । 

नेपाल उपत्यका विजय गरेपछि शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । 

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार ७:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया