logo-img

शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । 

शुक्रबार बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे उनको सचिवालयले जनाएको छ ।

गत मंसिर ४ मा सम्पन्न चुनावमा एमालेले टिकट नदिएपछि भुसालले एमाले छाडेर तत्कालीन सत्तागठबन्धनकाे समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिएका थिए । साे चुनावमा उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । 

एकीकृत समाजवादीले भुसाललाई भोलि नै सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने दाबी गरेका छन् ।





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १७:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया