logo-img

श्रीलंकासँगको वानडे सिरिज भारतले एक खेल अगावै जित्यो

भ्रमण टोली श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज भारतले एक खेल अगावै जितेको छ । गएराति सम्पन्न खेलमा ४ विकेटको जित निकाल्दै भारतले सिरिज एक खेल अगावै २–० ले जितेको हो । भारत पहिलो खेलमा ६७ रनले विजयी भएको थियो । 

दोस्रो खेलमा श्रीलंकाले दिएको २ सय १६ रनको लक्ष्य भारतले ४३.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि केएल राहुलले ६ चौकासहित अविजित ६४ रन बनाए । त्यस्तै, हार्दिक पाण्ड्याले ३६, श्रेयस अय्यरले २८, शुभमन गिल, अक्षर पटेलले २१/२१, कप्तान रोहित शर्माले १७ र कुलदीप यादवले अविजित १० रन जोडे । 

श्रीलंकाका लागि लाहिरु कुमारा, चमिका करुणारत्नेले दुई/दुई, धनन्जय डिसिल्भा र कसुन रजिथाले एक/एक विकेट लिए । त्यसअघि कलकातास्थित इडेन गार्डेन मैदानमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ३९.४ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन बनायो । उसका लागि उसका लागि नुवानिदु फर्नान्डोले अर्धशतकीय पारी खेले ।

६३ बलको सामना गरेका उनले ५० रन बनाए । त्यस्तै, कुशल मेन्डिसले ३४, दुनिथ वेललागेले ३२, वानिन्दु हसरंगाले २१, अविष्का फर्नान्डोले २०, चमिका करुणारत्ने र कसुन रजिथाले १७/१७ रन जोडे ।

भारतका लागि मोहम्मद सिराज, कुलदीप यादवले तीन/तीन, उमरान मलिकले दुई र अक्षर पटेलले एक विकेट लिए । भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ । 





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार ८:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया