logo-img

घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

नेकपा एमाले त्यागेका घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् । उनी दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् ।

भुसाललाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्ने कार्यक्रम छ । उनलाई कुन जिम्मेवारी दिने एकीकृत समाजवादीले खुलाएको छैन । भुसाल ४ मंसिरको निर्वाचनअघि एमाले छाडेका थिए ।

उनले रूपन्देही–१ बाट स्वतन्त्र रूपमा चुनावमा प्रतिस्पर्धा गरेका थिए । तत्कालीन सत्ता गठबन्धनले समर्थन गरे पनि भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।     





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार ८:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया