logo-img

सर्वदलीय बैठकमा कांग्रेस र एमालेबीच चर्काचर्की

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ । 

बैठकमा एमाले अध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच विवाद भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा कांग्रेससहित प्रचण्डलाई विश्वासको मत दिएका सबै दलको उपस्थिति थियो । 

अध्यक्ष ओलीले सत्ता गठबन्धनमा तलदेखि माथिसम्म सहमति भइसकेको भन्दै सबैतिर कांग्रेसले विश्वासको मत दिइरहेको भन्दै असन्तुष्टि पोखेका थिए । उनले  कांग्रेसमाथि सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको आरोप लगाएपछि लेखकले उनको प्रतिवाद गरेका थिए ।

जवाफमा लेखकले आफूहरूले संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएको भन्दै प्रतिपक्षमै रहने बताएका थिए । 

राष्ट्रपतिलाई बुझाएको पत्रमा कांग्रेसको हस्ताक्षर नरहेको उल्लेख गर्दै उनले भने, ‘हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौँ, बरु राष्ट्रिय सहमतिको पक्षमा छौँ ।’ 

चर्काचर्कीपछि बैठक जारी रहेकै बेला अध्यक्ष ओली बैठकस्थलबाट बाहिरिएका थिए ।





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १९:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया