logo-img

स्वास्थ्यमन्त्री गिरीले गरे कान्ति बाल अस्पतालको अनुगमन

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कार्यभार सम्हालेलगत्तै सरकारी अस्पतालको सेवा प्रवाह र सर्वसाधारणको समस्या सुन्न अनुगमनमा निस्किएका छन् ।

मंगलबार कार्यभार सम्हालेलगत्तै मन्त्री गिरी बालबालिकाको उपचार गर्ने सरकारी अस्पतालको उपचार सेवाबारे बुझ्न कान्ति बालअस्पताल पुगेका हुन् ।

मन्त्री गिरीले अस्पतालको इमरजेन्सी, आइसियू, पिआइसियू, अंकोलोजीलगायतका वार्डको अवलोकन गरेका छन् । 

मन्त्री गिरीले बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १९:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया