logo-img

सरकारमा नगएका दलहरूले संवैधानिक पदका निर्वाचनमा सहकार्य गर्ने

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलगायत सरकारमा नगएका दलहरूले संवैधानिक पदमा सहकार्य गर्न सहमत भएका छन् । सोही सहमतिअनुसार बुधबार हुने सभामुखको निर्वाचनमा कांग्रेसलाई अन्य तीन दलले समर्थन गरेका छन् ।

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ । कांग्रेस उम्मेदवार न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेका छन् । 
 
कांग्रेस उम्मेदवार न्यौपानेको प्रस्तावकमा महामन्त्री विश्वप्रकाश शर्मा छन् भने नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला उनको समर्थक छन् । 

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले आफूहरू प्रतिपक्षमा भएको हुनाले सभामुखमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताए। 

केही सर्तसहित सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेता ज्वालाले  सरकारलाई गुण र दोषका आधारमा विरोध र समर्थन गर्ने गरी रचनात्मक भूमिका निर्वाह गर्ने बताए। 

प्रतिपक्षका दल एक ठाउँमा उभिएर सभामुख र उपसभामुखमा मिलेर चुनाव लड्ने उनको भनाइ छ । उपसभामुखबारे सभामुखको निर्वाचनपछि छलफल हुने उनको भनाइ छ। 

त्यसपछि राष्ट्रपति​ र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । सो चुनावमा पनि सरकारबाहिर रहेका दलहरु मिलेर जाने तयारीमा छन् । 



सरकार गठन गर्दा वर्तमान सत्तागठबन्धनले बेवास्ता गरेको भन्दै बुधबार जसपाले सरकारमा नजाने निर्णय गरेको छ । उसले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । 



  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १७:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया