संसदमा रामहरी खतिवडाको प्रश्न : हत्या अभियोग लागेका सांसदले सभामुखलाई मतदान गर्न पाउँछन् कि पाउँदैनन्?

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको निर्वाचन प्रक्रियामा हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीले मतदान गर्न नपाउने व्यवस्था गर्न माग गरेका छन् । 

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले हत्या अभियोग लागेका सांसदलाई सभामुखको निर्वाचन प्रक्रियामा भाग लिन पाउने/नपाउने निर्क्योल गर्न माग गरेका हुन् । 

‘अहिले सभामुखको निर्वाचन हुँदैछ । आज सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसदहरू पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ । म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, हामी चिन्दैनौँ उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने/नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु,’ खतिवडाले भने ।   

संसद्‌मा आज सभामुख चयन गर्ने कार्यतालिका रहेको छ । सभामुखका लागि एमालेबाट देवराज घिमिरे र कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने उम्मेदवार छन् । 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १२:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया